पुटिन र ट्रम्पबीच अलास्कामा शिखर बैठक सम्पन्न, के के भयो सहमति ?

पुटिन र ट्रम्पबीच अलास्कामा शिखर बैठक सम्पन्न, के के भयो सहमति ?

  • शनिबार, साउन ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

एजेन्सी साउन ३१ । अमेरीकी राष्ट्रपति डोनाल्ढ ट्रम्प र रुसी राष्ट्रपति भ्लादीमीर पुटिनबीच अलास्कामा शिखर बैठक सम्पन्न भएको छ । रुसबाट १५८ वर्ष अघि खरीद गरिएको अमेरीकाको ४९ औँ राज्य अलास्कामा यो ऐतिहासिक बार्ता सम्पन्न भएको हो ।

अढाई घण्टा लामो बैठकमा युक्रेन युद्ध अन्त्य , शान्ति र अमेरीका रुसबीचको सम्बन्धका बारेमा गहन छलफल भए पनि ठोस सहमति भने हुन बाँकी रहेको छ । पुटिनलाई ट्रम्पले भव्य स्वागत गरेका थिए ।

यो बैठकपछि आयोजित सँयुक्त पत्रकार सम्मेलनलाई संवोधन गर्दै पुटिनले वार्ता रचनात्मक रहेको बताए । उनले यदी पहिला ट्रम्प अमेरीकी राष्ट्रपति भएको भए युक्रेन युद्ध नहुने बताए ।

उनले युक्रेनलाई भाईचारा देशको रुपमा आफूले हेरेको टिप्पणी गरे ।

यसै गरी ट्रम्पले अब आफूले युरोपेली नेता, नाटो सहयोगी र खास गरी युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्सकीसँग छलफल गर्ने बताए ।

टम्पले फेरी छिट्टै भेट्ने भनेपछि पुटिनले अर्को समय मस्कोमा भेट्नु पर्छ भन्ने जवाफ दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी