आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध

आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध

  • शुक्रबार, साउन ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

अलास्का, ३० साउन । यतिखेर सारा विश्वको नजर अलास्का, अमेरिकामा टिकेको छ ।

नेटोको प्रमुख सहयोग पाईरहेको युक्रेनको भविष्य २४ घण्टापछि यहाँ तय हुदैँछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच अलास्का, उत्तर अमेरिकामा भव्य बैठक हुदैँछ । यो बैठक अघि पनि अलास्का विश्वका सबैभन्दा ठुला दुई नेताको सुरक्षाका लागि युद्धपोत र पनडुब्बीले घेरिएको छ ।

क्यानडा, चीन, अमेरिका र रुसका नौ सेनाले यहाँ घेराबन्दी सुरू गरेका छन् । यति मात्र होइन, अलास्काले स्याटेलाइटमार्फत पनि यसको नजिकबाट निगरानी गरिरहेको छ । चारै देशका पनडुब्बीहरूले समुन्द्रमा हुने हरेक गतिविधिमाथि नजर राखिरहेका छन् । युद्धपोत र गस्ती गर्ने जहाजहरूको ठूलो संख्यामा हरेक घण्टा, हरेक मिनेट समुद्रको निगरानी गरिरहेको छ।

आकाशमा गस्ती गर्ने विमानहरूले जमिन र समुद्रमा निरन्तर निगरानी राखिरहेका छन्। अलास्कामा हुन लागेको यस दशककै सबैभन्दा ठूलो बैठकका लागि यी चर्को सुरक्षा तयारी गरिएको छ ।

अगस्ट १५ मा अमेरिका र रुसका राष्ट्रपतिहरू अलास्का पुग्दैछन, जहाँ रूससँग युद्द लडिरहेको युक्रेनको भविष्य तय हुनेछ। सो भेट अघि ट्रम्पले युक्रेनले आफ्नो भुमी छाडेर भए पनि रूससँग शान्ति सम्झौताका लागि तयार हुनु पर्ने अभिब्यक्ति दिएका छन्, जसलाई जेलेन्स्कीले अस्विकार गरेका छन् । यो खतरनाक अभिब्यक्ति पछि जेलेन्स्की युरोपलाई आफ्नो पक्षमा उभ्याउन यतिखेर बुधवार जर्मन पुगेका थिए, उनले जर्मन चान्सलरवाट समर्थन पाईसकेका छन् ।

शुक्रबार बिहान राष्ट्रपति ट्रम्पले वासिंगटन डिसीवाट यात्रा सुरू गर्नेछन, यो क्रममा एन्कोरेज हुदैँ अलास्का पुग्नेछन । जहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय बैठक गर्नेछन्। वार्ताको बातावरण बनाउन तथा अन्य सुरक्षासहितको तयारीको जिम्मेवारी रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र मार्को रुबियोलाई दिइएको छ ।

समाचार अनुसार एंकरेजमा अगस्त १५ का लागि नोटिस जारी गरिएको छ कि यस दिन कुनै पनि विमानलाई यहाँबाट जान दिइने छैन्। उता, पुटिनको हवाई मार्गलाई निकै सुरक्षित बनाइएको छ । रुसी राष्ट्रपतिको विमान राजधानी मस्कोबाट उड्नेछ र बेरिङ स्ट्रेट हुँदै अमेरिकाको अलास्का प्रवेश गर्नेछ, जहाँबाट एंकोरेज पुग्ने छ।

एन्कोरेज पुग्न पुटिनले करिब ७३०० किलोमिटर हवाई यात्रा गर्नेछन् तर प्रश्न यो छ कि पुटिनको अलास्का भ्रमणका लागि यो रुट किन रोजियो ? वास्तवमा रुसको पूर्वी छेउ अमेरिकाको अलास्काबाट मात्र ८१ किलोमिटर टाढा छ। यी दुई बीचमा बेरिङ स्ट्रेट छ, जहाँ रूसी र अमेरिकी नौ सेनाहरूको जमघट हुने गर्दछ । यस मार्गबाट पुटिनले अन्तर्राष्ट्रिय समुद्री सीमामा जान आवश्यक पर्दैन। उनीहरु रुसी हवाई क्षेत्रबाट सिधै अमेरिकी आकाशमा प्रवेश गर्नेछन्, जसका कारण उनीहरुको सुरक्षामा कुनै खतरा हुने छैन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी