वासिङ्टन डिसीलाई केन्द्र सरकारको नियन्त्रणमा लिने ट्रम्पको घोषणा

वासिङ्टन डिसीलाई केन्द्र सरकारको नियन्त्रणमा लिने ट्रम्पको घोषणा

  • मङ्लबार, साउन २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

वासिंगटन डिसी, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब राजधानी वासिङ्टन डिसीलाई केन्द्र सरकारको नियन्त्रणमा लिने घोषणा गरेका छन् ।

अमेरिकन राजधानीको बिग्रँदै गएको शान्ति सुरक्षाको अवस्थालाई पुनः सन्तुलनमा ल्याउने उनको उद्देश्य रहेको बताएका छन् ।

सोमबार ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले राजधानीमा ‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्ट’ को धारा ७४० लागू गरेको बताएका छन् । यसको मतलब डीसी महानगरीय प्रहरी अब प्रत्यक्ष संघीय नियन्त्रणमा सञ्चालन हुनेछ।

ट्रम्पले ह्वाइट हाउसमा भने, ‘हाम्रो राजधानीलाई हिंसात्मक गिरोह र अपराधीहरूले घेरेको छ, सन् २०२४ मा हिंसात्मक अपराध ३० वर्षकै न्यून पुग्यो । हामी नेशनल गार्डको सहयोगमा कानून र व्यवस्थालाई पुनर्स्थापित गर्नेछौं।’

यो वर्ष वासिङ्टन डिसीमा ९८ जनाको हत्या भएको छ भने विभिन्न जातिय द्वन्द्वका कारण ३ हजार ७ सय ८२ जना घरबारविहीनसमेत भएका छन् ।

राष्ट्रपति ट्रम्पले आफूले सन् १९७० को ‘होम रुल’ ऐन प्रयोग गरेको बताए। यसले राष्ट्रपतिलाई आपतकालीन अवस्थामा ४८ घण्टासम्म सहर प्रहरीलाई नियन्त्रणमा लिन अधिकार दिएको छ।

कानुनअनुसार राष्ट्रपतिले वासिङ्टन डिसीसँग सम्बन्धित कानुन बनाउने संसदीय समितिका अध्यक्ष र सदस्यलाई जानकारी दिएमा लामो समयसम्म प्रहरी नियन्त्रण कायम गर्न सकिने व्यवस्था छ ।

यद्यपी ट्रम्पले यो औपचारिक जानकारी दिएका छन् वा छैनन् भन्ने अझै स्पष्ट भएको छैन । नियमअनुसार ३० दिनभन्दा बढी समयसम्म सहरको नियन्त्रण कायम राख्ने हो भने संसदबाट कानुन पास गर्नुपर्ने हुन्छ ।

ट्रम्पले ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन प्रमुख टेरी कोललाई मेट्रोपोलिटन पुलिस प्रमुखको रूपमा नियुक्त गर्ने घोषणा गरेका छन्। हाल यो अस्थायी पद हो।

ट्रम्पले कोलको प्रशंसा गर्दै भने कि उनी देशका उत्कृष्ट अधिकारीहरूमध्ये एक हुन्। उनले विभागलाई कडाइका साथ सञ्चालन गर्न कोललाई निर्देशनसमेत दिएका छन् । हाल, वाशिंगटन डीसीको मेट्रोपोलिटन पुलिसको प्रमुख एमिटिभस जोनसन हुनुहुन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी