एउटा सिंगो देशको जनता अष्ट्रेलियामा सर्दैछन् बसाई

एउटा सिंगो देशको जनता अष्ट्रेलियामा सर्दैछन् बसाई

  • शनिबार, साउन २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

फुनाफुटी, २४ साउन । प्रशान्त महासागरमा अवस्थित टापु देश टुभालुको सम्पूर्ण जनसंख्या अस्ट्रेलिया सर्दैछ।

एक देशका जनता पूर्ण योजना र भिसा लिएर अर्को देशमा बसाइँ सर्न लागेको यो विश्व इतिहासमा पहिलो घटना हो ।

समुन्द्री सतह बढेका कारण टुभालु डुबानमा परेकाले यस्तो गर्नु परेको हो । यस्तो अवस्थामा टुभालुले आफ्ना नागरिकलाई अस्ट्रेलियामा बस्ने मौका दिने अस्ट्रेलियासँग सम्झौता गरेको छ ।

धेरै अनुसन्धानहरूले देखाउँछन् कि २५ वर्ष भित्र टुभालुको धेरैजसो जमिन डुबिसक्नेछ । टुभालु नौ प्रवाल र एटोलहरू मिलेर बनेको छ। यहाँ बसोबास गर्ने मानिसहरूको जनसंख्या लगभग ११ हजार मात्रै छ।

यो देशको उचाइ समुन्द्र सतहबाट मात्र १६ फिट छ । यसले यो देशलाई जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा रहेको देशको रूपमा परिचय कमाएको छ । यस्तो अवस्थामा यो देशका जनता बाँच्नका लागि पलायन हुन बाध्य छन् ।

वैज्ञानिकहरू डराउँछन् कि टुभालु आगामी ८० वर्षमा पूर्ण रूपमा बस्न योग्य हुने छैन। द्वीपसमूहका नौ एटोलमध्ये दुई डुबिसकेका छन्। नासाको समुद्री सतह परिवर्तन टोलीका अनुसार सन २०२३ मा टुभालुमा समुद्रको सतह अघिल्लो ३० वर्षको तुलनामा १५ सेन्टिमिटर बढी थियो। यो दरले २०५० सम्ममा देशको अधिकांश जमिन र पूर्वाधार डुबानमा पर्नेछ । ८० वर्षमा यहाँ पूर्णरुपमा पानी हुनेछ ।

यस अवस्थालाई ध्यानमा राख्दै टुभालु र अष्ट्रेलियाले २०२३ मा फालेपिली युनियन सन्धिमा हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत हरेक वर्ष २८० टुभालुवासीले अस्ट्रेलियामा स्थायी बसोबास पाउने छन्। यसमा स्वास्थ्य सेवा, शिक्षा, आवास र रोजगारीको पूर्ण अधिकार समावेश हुनेछ। यसका लागि आवेदन दिने केही चरणहरू पूरा भएका छन्।

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले आप्रवासन कार्यक्रमले टुभालुवासीहरूलाई सम्मानपूर्वक बसोबास गर्न अनुमति दिने बताएका छन्। यूएनएसडब्ल्यू सिड्नीको कलडोर सेन्टर फर इन्टरनेशनल रिफ्युजी लका जेन म्याकआडमले एक दशकभित्र जनसंख्याको ४० प्रतिशत स्थानान्तरण हुने बताए। टुभालु सरकारले विश्व समुदायलाई ध्यान दिन आग्रह गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी