ट्रम्प र पुटिनबीच अगष्ट १५ मा अलास्कामा भेटवार्ता हुने, मुख्य एजेन्डा युक्रेन युद्ध अन्त्य

ट्रम्प र पुटिनबीच अगष्ट १५ मा अलास्कामा भेटवार्ता हुने, मुख्य एजेन्डा युक्रेन युद्ध अन्त्य

  • शनिबार, साउन २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी साउन २४ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादीमीर पुटिनबीच अगष्ट १५ मा अलास्कामा भेटवार्ता हुने भएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल मार्फत शुक्रबार राति यो जानकारी दिएका हुन् । यस अघि सन् २०२१ मा पुटिन र ट्रम्पबीच भेटवार्ता भएको थियो ।

अब हुने वार्तामा युक्रेन युद्ध अन्त्य गर्ने मुख्य एजेण्डा रहेको छ । गत बुधबार मात्रै ट्रम्पले आफ्ना बिशेष दुत स्टिभ विटकफलाई मस्को पठाएका थिए । उनले पुटिनसँग भेटवार्ता गरेका थिए ।
ट्रम्प राष्ट्रपति भए लगत्तै युक्रेन युद्ध अन्त्यको पक्षमा निरन्तर लागि परेका छन् ।

उनले पूर्व राष्ट्रपति बाईडेनका कारण युद्ध भएको भन्दै आलोचना समेत गर्दै आएका थिए ।

ट्रम्पले रुस र युक्रेनबीच महत्वपूर्ण सम्झौता गराउने संभावना छ । तत्काल अस्थायी युद्ध बिराम गर्ने वा हवाई आक्रमण रोक्ने सहमति हुने या युक्रेनले गुमाएको भुभाग छाड्ने गरी शान्ति सम्झौता हुन सक्ने विज्ञहरुले आकलन गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी