मोन्टानाको बारमा गोली प्रहार, चार जनाको मृत्यु

मोन्टानाको बारमा गोली प्रहार, चार जनाको मृत्यु

  • शनिबार, साउन १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

श्रावण १७, काठमाडौँ । अमेरिकामा सार्वजनिक स्थलहरुमा गोली प्रहार हुने क्रम रोकिएको छैन । फेरि अमेरिकाको मोन्टानामा गोली प्रहारबाट चार जना मारिएका छन् ।

यो घटना शुक्रबार मोन्टानाको एक बारमा भएको हो । प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेको छ । जंगली क्षेत्रमा संदिग्धको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

जाँचको नेतृत्व गरिरहेको मोन्टाना अपराधिक जाँच विभागका अनुसार गोली प्रहार स्थानीय समय अनुसार शुक्रबार बिहान साढे १० बजे एनाकोन्डा द आउल बारमा भएको हो । घटनास्थलमै चार जनाको मृत्यु भएको छ ।

सार्वजनिक रेकर्ड अनुसार संदिग्धको पहिचान गरिएको छ । ४५ वर्षीय माइकल पाउल ब्राउनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनी बारकै छेउमा बस्दै आएका थिए ।

सुरक्षा अधिकारीका अनुसार एक स्वाट टिमले उनको घरको तलासी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी