भोकमरी कहिल्यै पनि ‘युद्धको हतियार’ हुनुहुँदैन : राष्ट्रसङ्घ प्रमुख

भोकमरी कहिल्यै पनि ‘युद्धको हतियार’ हुनुहुँदैन : राष्ट्रसङ्घ प्रमुख

  • सोमवार, साउन १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले भोकमरीलाई युद्धको हतियारका रुपमा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका निकायहरूले गाजामा सहायता सामग्रीको आपूर्ति रोकिँदा भएको खाद्यान्न अभावले भोकमरीको खतरा निम्तिने चेतावनी दिँदै आएका छन् र युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना भइरहेको छ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वको सरकारले भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरिरहेको आरोपलाई अस्वीकार गरेको छ र यसको सट्टा सहायता निकायहरू गाजाको सीमा पार गर्ने बिन्दुहरूमा वितरण गरिएको सहायता लिन र वितरण गर्न असफल भएको आरोप लगाएको छ।

राष्ट्रसङ्घका महासचिब गुटेर्रेसले इथियोपियामा आयोजित संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा भिडियो सम्मेलनमार्फत भन्नुभयो, “जलवायु परिवर्तनले बालीनालीको उत्पादनमा कमी आएको र द्वन्द्वग्रस्त मुलुकमा आपूर्ति श्रृङ्खला पनि रोकिँदा र मानवीय सहायतामा बाधा भएको छ । द्वन्द्वले गाजादेखि सुडान र त्यसभन्दा बाहिर भोकमरी फैलाइरहेको छ।”

“भोकमरीले अस्थिरतालाई बढावा दिन्छ र शान्तिलाई कमजोर बनाउँछ । हामीले भोकलाई युद्धको हतियारको रूपमा कहिल्यै स्वीकार गर्नु हुँदैन,” उहाँले भन्नुभयो ।

गाजा पट्टीमा, युद्धग्रस्त प्यालेस्टिनी क्षेत्र २१ महिनाको युद्धले सिर्जना गरेको भयानक मानवीय अवस्थाले जकडिएको छ र इजरायलले मार्चदेखि मेसम्म सहायतामा पूर्णरूपमा नाकाबन्दी लगाएपछि स्थििति अझ खराब बनेको छ।

नाकाबन्दी खुकुलो बनाएयता गाजामा पुग्ने सहायताको स्तर सहायता समूहको आवश्यकताभन्दा निकै कम भएको छ ।

आइतबार इजरायलले संयुक्त राष्ट्रसङ्घ र सहायता एजेन्सीहरूलाई भोकमरीको गम्भीर सङ्कटसँग जुध्नका लागि ‘रणनीतिक विराम’ सुरु गरेसँगै विश्व स्वास्थ्य सङ्गठनले कुपोषण ‘खतरनाक स्तरमा’ पुगेको चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकाय (आईओएम) का क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले गत साता पत्रकारहरूलाई भन्नुभएको थियो, “सुडान विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो र सबैभन्दा कम स्मरण गरिएको मानवीय विपत्ति हो।”

सन् २०२३ को अप्रिलदेखि सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र प्रतिद्वन्द्वी अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’का कमाण्डर मोहम्मद हमदान डग्लोबीचको शक्ति सङ्घर्षका कारण सुडान टुक्रिएको छ ।

यस युद्धमा दशौँ हजारको मृत्यु भएको छ भने ७० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी