पाकिस्तानमा टिकटकर महिलाको बिष खुवाएर हत्या

पाकिस्तानमा टिकटकर महिलाको बिष खुवाएर हत्या

  • आइतवार, साउन ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

इस्लामबाद, ११ साउन । पाकिस्तानको एक टिकटकर महिलाको बिष खुवाएर हत्या गरिएको छ ।
पाकिस्तानी टिकटक क्रियटर सुमिरा राजपुतको शनिबार पाकिस्तानको सिन्ध प्रान्तको घोटकी जिल्लामा रहेको उनको घरमा शंकास्पद अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनकी १५ वर्षीया छोरीले अामा सुमिरालाई केही व्यक्तिले आफूसँग विवाह गर्न दबाब दिएको दाबी गरेकी छन् । सुमिराले अस्वीकार गरेपछि विषालु चक्की खुवाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

सुमिरा राजपूत टिकटकमा ५८,००० फलोअर्स र १० लाख भन्दा बढी लाइकहरूसहित एक प्रसिद्ध डिजिटल सामग्री निर्माता थिइन्। उनकी छाेरीकाे पनि त्यति नै संख्यामा फ्लाेअर्स छन् ।

यस घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

यसैबीच घोटकीका जिल्ला प्रहरी अधिकृत अनवर शेखले टिकटरक छोरीले गरेकाे दाबी पुष्टि गरेका छन् । यद्यपि यस मामिलामा अहिलेसम्म कुनै एफआईआर दर्ता भएको छैन।

गत महिना पनि पाकिस्तानमा १७ वर्षीया सामाजिक सञ्जाल प्रभावकारी सना युसुफको इस्लामाबादस्थित आफ्नै घरमा गोली हानी हत्या गरिएको थियो ।

आक्रमणकारी म्याट्रिक, बेरोजगार र धेरै गरिब परिवारबाट आएका थिए। उनले सनालाई पटकपटक प्रेम प्रस्ताव राखेका थिए तर उनले हरेक पटक अस्वीकार गरेकी थिइन्, त्यसपछि हत्या गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी