गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु

  • मङ्लबार, साउन ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा १५ जनाको मृत्यु भएको र सेनाले मध्य सहर देइर अल–बलाहमा स्थलगत कारबाही विस्तार गरेको बताएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको पश्चिममा रहेको अल–सती शिविरमा इजरायली आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको बताउनुभयो ।

गाजाको अधिकांश जनसङ्ख्या २१ महिनाको द्वन्द्वमा कम्तीमा एक पटक विस्थापित भएको छ र भूमध्यसागरीय तटमा रहेको अल–सती शिविरले उत्तरबाट विस्थापित हजारौँ मानिसलाई पाल र अस्थायी आश्रयमा राखेको छ ।

बासलले देइर अल–बलाहमा थप दुई जनाको मृत्यु भएको बताउनुभयो । त्यहाँ इजरायली सेनाले आफ्नो स्थलगत कारबाही विस्तार गर्ने र धेरै क्षेत्र खाली गर्ने आदेश दिएको थियो ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले यस क्षेत्रमा ५० हजारदेखि ८० हजार मानिस बसोबास गर्ने अनुमान गरेको छ र यस क्षेत्रलाई अहिलेसम्म अपेक्षाकृत सुरक्षित मानिएको थियो ।

करिब ३० हजार विस्थापन स्थलहरूमा बसिरहेका थिए ।

ओसिएचएले सम्पूर्ण गाजा पट्टीको लगभग ८८ प्रतिशत अब या त निकासी आदेश अन्तर्गत वा इजरायली सैन्य क्षेत्र भित्र रहेको बताएको छ । य २४ लाख जनसङ्ख्यालाई सँधै सङ्कुचित स्थानमा बस्न बाध्य पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी