क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

  • शुक्रबार, असार २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, २७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतवार न्यू जर्सीमा हुने फिफा क्लब विश्वकप फाइनलमा उपस्थित हुने भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्रम्प टावर, न्यूयोर्कमा आफ्नो कार्यालय खोलेको घोषणा गरेको एक दिन पछि ट्रम्प क्लब विश्व कपको फाइनलमा उपस्थिति हुने पक्का भएको हो ।

अब आइतवार चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) बिच मेटलाइफ स्टेडियममा फाइनल खेल हुदैँछ । जुन रंगशालामा अर्को वर्ष विश्व कपको फाइनल आयोजना पनि हुनेछ।

संयुक्त राज्य अमेरिका हालै विस्तार गरिएको क्लब विश्वकपको पहिलो संस्करणको आयोजक मुलुक हो । त्यस्तै आगामी वर्षको विश्व कपका लागि क्यानडा र मेक्सिकोसँगै सह–आयोजक पनि हो।

फिफाको पहिले नै मियामीमा कार्यालय रहेको छ तर ट्रम्प टावरमा कार्यालय खोल्नु अमेरिकाको सरकारसँगको फिफाको सम्बन्ध अझै बलियो बनाउने विश्वास गरिएको छ।

फिफा अध्यक्ष जियानी इनफान्टिनोले भने, ‘हामीले क्लब विश्वकप र आगामी विश्वकपका लागि अमेरिकी सरकार र राष्ट्रपति विशेषतः व्हाइट हाउस टास्क फोर्सबाट निकै ठूलो सहयोग प्राप्त गरेका छौं।’

उनी क्लब विश्वकप र पुरूष विश्वकपको फाइनल अमेरिकामा हुन लागेकोमा खुसी पनि ब्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी