भारत बिहारमा बोक्सीको आरोपमा एकै परिवारका पाँच जनाको हत्या

भारत बिहारमा बोक्सीको आरोपमा एकै परिवारका पाँच जनाको हत्या

  • सोमवार, असार २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

असार २३ दिल्ली । भारतीय राज्य बिहारको पूर्णियामा बोक्सी भएको आरोपमा एकै परिवारका ५ जनाको निर्मम हत्या गरिएको छ। मृतकमा तीन महिला र दुई पुरुष छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गाउँका मानिसले बाबुलाल ओराँवकी आमालाई बोक्सी भएको आरोप लगाई परिवारै मारेका हुन्।

पहिले उनीहरूलाई कुटपिट गरियो र पछि जिउँदै जलाईएको थियो ।

प्रहरीका अनुसार मुफस्सिल प्रहरी चौकी क्षेत्रको राजीगन्ज पञ्चायतको तेटगामा(१० मा उक्त दर्दनाक घटना भएको हो।

घटनापछि प्रहरीले दुई जनालाई हिरासतमा लिएको छ ।

मृतकहरूमा सीता देवी , बाबुलाल ओराँव , कातो देवी, मनजित ओराँव र रानी देवी छन्।

मृतक महिलाका छोरा सोनुका अनुसार गाउँका केही मानिसले उनकी हजुरआमाले कालो जादू गर्ने गरेको दावी गरेका थिए ।

आइतबार राति गाउँका प्रमुख नकुल ओराओनको नेतृत्वमा एक बैठक बोलाइयो, जसमा हजुरआमालाई बोक्सी भएको आरोप लगाइयो। गाउँका करिब २०० जना बैठकमा उपस्थित थिए। यस क्रममा कातो देवीलाई बोक्सी भएको आरोप लगाउँदै परिवारका अन्य सदस्यलाई पनि बोलाइयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी