एजेन्सी असार १० । ईरानले कतारमा रहेको अमेरीकी सैन्य हवाई अड्डामा सांकेतिक आक्रमण गरेको छ ।
ईरानले नागरिकको धनजनको कम क्षति होस् भनेर आफ्ना तीन आणविक भट्टीहरुमा गरेको आक्रमणको बदला स्वरुप १९ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । जस मध्य एक क्षेप्यास्त्र अमेरीकी क्याम्प नजिक खसेर सामान्य क्षति भएको थियो तर कुनै पनि मानवीय क्षति नभएको कतारले जनाएको छ ।
कतारमा रहेको अल उदेद हवाई अड्डामा एउटा क्षेप्यास्त्र खसेको थियो भने बाँकी ईन्टरसेप्ट गरिएको थियो ।
ईराकमा रहेको अमेरीकी सैन्य वेसमा पनि ईरानले क्षेप्यास्त्र प्रहार गरेको थियो । पूर्व सूचना दिईएकाले त्याहाँ पनि अमेरीकी सेना बंकरमा लुकेकाले कुनै मानवीय क्षति नभएको बताईएको छ ।
यो आक्रमणप्रति अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै कडा प्रतिकृया नजनाई ईरान र ईजरायलबीच युद्ध बिरामको प्रस्ताव गरेका छन् ।