ईजरायली हमला नरोकिए सम्म कुनै वार्ता नगर्ने ईरानको अडान

ईजरायली हमला नरोकिए सम्म कुनै वार्ता नगर्ने ईरानको अडान

  • शनिबार, असार ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ असार ७ । इरानले आफूविरुद्ध आक्रमण भइरहेका बेला परमाणु कार्यक्रमका विषयमा वार्ता सुरु गर्न नसकिने अडान लिएको छ । इरानका विदेशमन्त्री अब्बास अरागचीले इजरायलले इरानमाथि आक्रमण बन्द गरेपछि मात्र यस विषयमा इरानले विचार गर्न सक्ने बताएका छन् ।

अरागचीले इरानको परमाण कार्यक्रम पूरै तरिकाले शान्तपूर्ण कार्यक्रम रहेको दाबी गर्दै इजरायलको आक्रमण अन्तर्राष्ट्रिय कानुनविरुद्ध रहेको बताएका छन् ।

उनले भने, ‘हाम्रो क्षमतामा कुनै सम्झौता नहुने म स्पष्ट पार्न चाहन्छु ।’ यता इजरायली सेनाका चीफ अफ स्टाफ इयाल जमीले एक भिडियो सन्देश जारी गर्दै इजरायल लामो लडाइँका लागि तयार हुनुपर्ने र आगामी दिन अझ कठिन हुने बताएका छन् ।

इरानी विदेशमन्त्री अब्बासले शुक्रबार जेनेभामा युरोपिय नेताहरुसँग भेटघाट गरेका छन् । भेटमा युरोपिय नेताहरुले इरानले अमेरिकासँग परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता गर्नुपर्ने अनुरोध गरेका थिए । दुवै देशबीच भीषण युद्ध जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी