ईरान बिरुद्ध ट्रम्पको तत्काल आक्रमण गर्ने योजना पछि सर्यो, रुस र चीनको भूमिका के ?

ईरान बिरुद्ध ट्रम्पको तत्काल आक्रमण गर्ने योजना पछि सर्यो, रुस र चीनको भूमिका के ?

  • शुक्रबार, असार ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी असार ५ । क्यानडामा जी ७ को समिट नसकिदै अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरीका फर्किए । .उनले सुरक्षा परिषद्को बैठक बोलाए । सोही दिन ईरानलाई धम्की दिए कि सबै तेहरानका जनताले शहर छोड्नु ।

मध्यपूर्वमा रहेका अमेरीकी सैन्य बेसक्याम्पहरुमा ईरान बिरुद्ध हमलाको लागि तयारी बढाईएको थियो । ट्रम्पले ईरानलाई निशर्त आत्मसमर्पणको चेतावनी दिए ।

तर अमेरीकाको यो कुनै पनि गतिविधिको ईरानले वास्ता गरेन, आत्मसमर्पणको कुरा पनि स्वीकार गरेन बरु निरन्तर सबै खालका ईरानमा हमला गर्ने देश र समुहहरुलाई प्रतिरोध गर्ने चेतावनी दियो । र ईजरायलमा निरन्तर क्षेप्यास्त्र आक्रमण जारी राख्यो ।

यही बीचमा रुस र चीनको सक्रियता बढ्यो । दुबै देशले ईजरायली आक्रमणको निन्दा गर्दै अमेरीकाले प्रत्यक्ष युद्धमा भाग लिए कडा परिणाम आउने चेतावनी दिए । यही बीचमा दक्षिण एशियाको परमाणु शक्ति रहेको पाकिस्तानका सैन्य प्रमुख एवं फिल्ड मार्सल असीम मुनिर पनि अमेरीकामै थिए र उनले ट्रम्पसँग वार्ता गरेका थिए । उत्तर कोरीयाले पनि ईरानको पक्षमा रहेको घोषणा गर्यो ।

यी सबै परिघटनाले ट्रम्प हच्किएको देखिन्छ र उनले ईरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय १५ दिन भित्र लिने भनेर तत्काल आक्रमणको योजना स्थगित गरेको देखिएको छ ।

यदी मध्यपूर्वमा अमेरीकाले ईरानमाथि हमला गर्नासाथ विश्वयुद्ध तिर जान सक्ने आकलन शुरु भएको छ ।

अमेरीका र ईजरायल ईरानको रणनीतिक महत्वको फोर्दो आणविक प्लान्टलाई नष्ट गर्न चाहन्छ । जसलाई अमेरीकाको शक्तिशाली बमको खाँचो पर्छ त्यो बी ५२–बम बर्षक विमानबाट खसाउन सकिने छ । तर यसले पनि यदी उच्च पहाड भित्र करीब ३ सय फिट गहिराईमा विशाल परमाणु केन्द्र ध्वस्त पार्न सकिएन भने के हुन्छ ? भन्ने विष्लेषणहरु भईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी