एजेन्सी असार ४ । ईरानले ईजरायलको अत्याधुनिक एफ ३५ लडाकु विमान खसालेको जनाएको छ ।
तेहरान टाईम्सका अनुसार आज तेहरानबाट ३५ किलोमिटर दक्षिण पश्चिममा रहेको भारामिन शहरमा ईरानी एयर डिफेन्स सिस्टमले सो लडाकु विमान खसालेको जनाएको छ ।
ईरानको दाबी अनुसार तेहरान आक्रमणमा प्रयोग गरिएको पाँचौ जेनेरेसनको यो लडाकु विमान ५ वटा खसालीएको छ गत शुक्रबार यता । दुई जना पाईलट पनि हिरासतमा राखेको समाचारमा उल्लेख छ ।
राडारको समेत पकडमा नआउने यो अमेरीकाको अत्याधुनिक लडाकु विमान खसाल्ने पहिलो राष्ट्र ईरान रहेको छ ।
हाल ईजरायलले ईरानमाथि हमला गर्न दुई सय एफ ३५ लडाकु विमान परिचालन गरीरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline