एजेन्सी असार ४ । ईरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले ईजरायल बिरुद्ध युद्ध शुरु भएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा एक पोष्ट लेख्दै खामेनीले जियोनिष्ट आतंकवादी ( ईजरायल ) को आक्रमणलाई दह्रो जवाफ दिने र उनीहरुलाई कुनै दया नगर्ने पनि चेतावनी दिएका छन् ।
गत शुक्रबार ईजरायलले ईरानमाथि आक्रमण गरेपछि ईरानले पनि जवाफी हमला गरीरहेको छ ।
ईजरायली हमलामा २ सय बढी ईरानी सैन्य प्रमुख, वैज्ञानिक र नागरिकको मृत्यु भएको छ भने ईजरायलले सैन्य संरचनामा भएको क्षतिको विवरण उल्लेख गरेको छैन तर दुई दर्जन बढी नागरिक मारिएको र संयौँ घाईते भएको बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline