एजेन्सी जेठ ३१ । ईरानले ईजरायलमाथि भीषण हमला शुरु गरेको छ । ईजरायलले शुक्रबार बिहान गरेको आक्रमणको बदलामा ईरानले जवाफी हमला शुरु गरेको हो । ईजरायल बिरुद्ध ईरानले अप्रेसन प्रमिस थ्री नामक सैन्य अभियान शुरु गरेको हो ।
शनिबार राति ईजरायलको तेल अभिभ र हाईफा लगायतका शहरमा इरानले सयौ ब्यालेष्टीक क्षेप्यास्त्र मार्फत हमला गरेको हो ।
यी हमलामा ईजरायली एयर डिफेन्स सिस्टमलाई तोड्दै विष्फोट हुँदा दर्जनौ मानिस घाईते भएको ईजरायलले स्वीकार गरेको छ ।
ईजरायलले पनि ईरानको राजधानीमा रहेको अन्तराष्ट्रिय विमानस्थल लगायतका ठाँउमा हमला गरेको छ ।
दुबै तर्फबाट व्यालेष्टीक क्षेप्यास्त्र हान्ने क्रम बढेको छ ।
ईरानमा भएको हमलामा रिभोल्युसनगरी गार्डका प्रमुख सहित ७८ जनाको मृत्यु भएको ईरानले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline