काठमाडौं । एयर इन्डियाको जहाज दुर्घटनामा कम्तीमा १३३ जनाको मृत्यु भएको छ। अस्पताल स्रोतलाई उद्धृत गर्दै न्युज १८ ले कम्तीमा १३३ जनाको मृत्यु भएको जानकारी दिएको छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
भारतको गुजरातस्थित अहमदाबादबाट लन्डनका लागि उडेको एआई१७१ फ्लाट नम्बरको जहाज केही मिनेटमै दुर्घटना भएको थियो। उक्त जहाज अहमदाबादको मेघानीनगरस्थित बस्तीमा खसेको थियो।
विमानमा क्रुसहित २४२ जना यात्रु रहेको बताइएको छ। विमानमा १६९ जना भारतीय र ६१ जना विदेशी नागरिक सवार थिए। विदेशी नागरिकमध्ये ५३ जना बेलायती, ७ जना पोर्चुगी र १ जना क्यानडाका नागरिक सवार थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline