काठमाडौं । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा बाढीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ। मुसलधारे वर्षाका कारण केप प्रान्तमा बाढी आएको छ भने केही भागमा भारी हिमपात पनि भएको छ।
मंगलबार बिहान बाढीले एउटा स्कुल बस बगाएको त्यहाँका अधिकारीले बताएका छन्। एक अधिकारीले न्यूजरूम अफ्रिका नामक टिभी च्यानललाई बताएअनुसार बस चालकसहित आठ जनाको शव निकालिएको छ।
अन्य अधिकारीहरूले तीन जना विद्यार्थीको उद्धार गरिएको बताएका छन्। बसमा कति विद्यार्थी सवार थिए भन्ने अझै स्पष्ट छैन। अन्यको खोजी कार्य जारी रहेको बीबीसीले उल्लेख गरेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline