के पाकिस्तानी पुर्व प्रधानमन्त्री पर्सी छुटन लागेका हुन् ?

के पाकिस्तानी पुर्व प्रधानमन्त्री पर्सी छुटन लागेका हुन् ?

  • सोमवार, जेष्ठ २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

इस्लामवाद, २६ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई जुन ११ मा अल–कादिर ट्रस्ट मुद्दामा राहत मिल्न सक्ने दावी गरिएको छ ।

उनको पार्टीका शीर्ष नेताहरूले इस्लामाबाद उच्च अदालतले इमरान खान र उनकी पत्नी बुशरा बीबीको सजाय निलम्बन गर्ने याचिकाहरू त्यस दिन सुन्ने र उनीहरूलाई जमानत पाउने सम्भावना रहेको दावी गरेका हुन ।

७२ वर्षीय इमरान खान अगस्ट २०२३ देखि अदियाला जेलमा रहेका छन् र उनीविरुद्ध धेरै आपराधिक मुद्दाहरू विचाराधीन रहेका छन्। मुख्यगरी, अल–कादिर ट्रस्ट मुद्दा यी मामिलाहरूमध्ये सबैभन्दा उच्च प्रोफाइल हो, जसमा पूर्व प्रधानमन्त्री र उनकी पत्नीलाई भ्रष्टाचारको गम्भीर आरोप लगाइएको छ।

पीटीआईका प्रख्यात वकिल र नेता गौहर अली खानले जुन ११ पार्टीका संस्थापक र उनकी पत्नीका लागि महत्त्वपूर्ण दिन साबित हुनसक्ने बताए। धरौटीमा रिहा हुनुको ठोस कारण नखुले पनि अदालतबाट अवश्य राहत पाउने विश्वास व्यक्त गरेका छन् ।

यो मुद्दा युनाइटेड किंगडमको राष्ट्रिय अपराध एजेन्सी (एनसीए) द्वारा सम्पत्ति व्यावसायी मलिक रियाजको परिवारबाट १९० मिलियन पाउन्डको रकमसँग सम्बन्धित रहेको छ।

यो रकम पाकिस्तानको राष्ट्रिय कोषमा जम्मा गर्नुको सट्टा इमरान खानको सरकारले मलिक रियाजको कम्पनी बहरिया टाउनको दायित्वबाट समायोजन गरेको आरोप छ।

यस तथाकथित सम्झौताको बदलामा मलिक रियाजले कराचीको बाहिरी भागमा सयौं एकड जमिन अल–कादिर ट्रस्टलाई दान दिएका थिए, जसका ट्रस्टीहरू इमरान खान र उनकी पत्नी बुशरा बीबी हुन्। जसका कारण, यस लेनदेनमा भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोप लगाइएको छ।

राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले यस विषयमा अनुसन्धान गरिरहेको छ। यस अनुसन्धानका सम्बन्धमा अदालतमा निवेदन परेको छ, जसको सुनुवाई अब जुन ११ मा हुने भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी