युक्रेनको राजधानी किभमा रुसको भीषण आक्रमणः १३ जनाको मृत्यु

युक्रेनको राजधानी किभमा रुसको भीषण आक्रमणः १३ जनाको मृत्यु

  • आइतवार, जेष्ठ ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

रुसी सेनाले युक्रेनको राजधानी किभमा आज बिहान मिसाइल र ड्रोन हमला गरेको छ। राजधानी किभमा लक्ष्य गरेर रूसले मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बीबीसीका अनुसार शुक्रबारदेखि युक्रेनमा रुसी हवाई आक्रमणमा देशभरि कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ५६ जना घाईते भएका छन्।

युक्रेनको वायुसेनाका अनुसार रुसले किभविरुद्ध मात्र २५० ड्रोन र १४ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ, जसका कारण आवासीय भवनहरूमा आगो लागेको छ। राजधानीमा कम्तिमा १४ जना घाइते भएका छन्।

युक्रेनको वायुसेनाले ६ वटा मिसाइल र २४५ वटा ड्रोन खसालेको बताएको छ। रुसले आइतबार बिहानै गरेको युक्रेनी ड्रोन आक्रमणको सामना गरेको र मस्कोलाई लक्षित गरी राखिएका लगभग १०० मानवरहित युक्रेनी हतियारहरूसहित रोकेको र नष्ट गरेको जनाएको छ।

शनिबार दुवै देशले युद्धबन्दी रिहा गरेपछि रूसले युक्रेनको राजधानी लक्ष्य गरेर हवाई आक्रमण गरेको हो।

रुसी सेनाले भने किभमा रुसको मस्को सहित क्षेत्रमा हमला गर्न प्रयोग गरिएको ड्रोन उत्पादन गर्ने कारखाना सहित सैन्य कम्प्लेक्सहरुमा हमला गरेको जनाएको छ ।

साथै ओडेसामा पनि हतियार बोकेको कन्टेनरलाई स्कन्दर मिसाईल प्रहार गरी नष्ट पारेको रुसी सेनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी