झन्डै ३ वर्षपछि रुस र युक्रेनबीच फेस टु फेस वार्ता, ब्रेकथ्रुु हुन सक्ने आकलन

झन्डै ३ वर्षपछि रुस र युक्रेनबीच फेस टु फेस वार्ता, ब्रेकथ्रुु हुन सक्ने आकलन

  • शुक्रबार, जेष्ठ २, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

जेष्ठ २, काठमाडौँ । झन्डै ३ वर्षको द्वन्द्वपछि रुस र युक्रेनबीच ुतुर्कियेको राजधानी इस्तानबुलमा फेस टु फेस वार्ता सुरु भएको छ । रुस र युक्रेनका अधिकारीहरू शान्ति वार्तामा बसेका बीबीसीले जनाएको छ । बीबीसीका अनुसार वार्ता सुरु हुनुअघि दुई देशका अधिकारीहरूले हात भने मिलाएनन् । तर पनि लामो संघर्ष र मानवीय क्षतिपछि दुई देशका अधिकारीबीचको सीधा वार्ताले ुब्रेकथ्रुु हुन सक्ने आकलन गरिएको छ ।

वार्ताका लागि तुर्कियेका विदेशमन्त्री हकान फिदानले सहजीकरण गरिरहेका छन् । उनले दुवै टोलीलाई शुभकामना पनि दिएका हुन् । यद्यपि वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने उपस्थित छैनन् । रुस युक्रेन वार्तामा बसिरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियो भने इस्तानबुलमै रहेका छन् । बीबीसी संवाददाताका अनुसार रुस र युक्रेनी अधिकारीहरूले एक अर्काको कुरा सुनिरहेका छन् । यो एउटा सुखद सुरुवात भएको पनि बीबीसीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीचको करिब ३ वर्षे लामो संघर्ष रोकिने आशा गरिएको छ । राष्ट्रपति पुटिनले मिति नै तोकेर दीर्घकालीन शान्तिका लागि भन्दै युक्रेनसमक्ष वार्ताको प्रस्ताव गरेका थिए ।

सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसको एक हप्तापछि दुई देशबीच इस्तानबुलमा वार्ता भए पनि युद्ध रोक्न सहमत भएका थिएनन् । रोयटर्सका अनुसार पछिल्लो ३ वर्षमा रुस(युक्रेन युद्धमा हजारौँ सेना र सर्वसाधारण मारिएका छन् ।

सन् १९६२ को क्युबा मिसाइल संकटपछि युक्रेन संकटले रुस र पश्चिमा देशहरूबीच ठूलो टकराव देखिएको रोयटर्समा उल्लेख छ । १९६२ मा क्युबामा गोप्य रूपमा मिसाइल पठाएको निहुँमा तत्कालीन सोभियत संघ र अमेरिकाबीच १३ दिनसम्म टकराव उत्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी