बङगलादेशमा शेख हसिनाको पार्टीमाथी प्रतिबन्ध

बङगलादेशमा शेख हसिनाको पार्टीमाथी प्रतिबन्ध

  • आइतवार, बैशाख २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ —बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाएको छ । आतंकवादविरोधी कानुनअन्तर्गत उक्त निर्णय लिइएको सरकारले दाबी गरेको छ ।

मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिगका सबै गतिविधिमाथि प्रतिबन्ध लगाएको हो । अवामी लिगका नेता कार्यकर्ताहरूलाई सामाजिक सञ्जाललगायतका अनलाइन प्लाटफर्ममा विभिन्न प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको छ ।

शनिबार बोलाइएको सल्लाहकार परिषद्को विशेष बैठकले हसिनाको पार्टीलाई प्रतिबन्ध लगाएने निर्णय गरेको हो । बैठकमा ‘इन्टरनेसनल क्रिमिनल ट्रिब्युनल एक्ट’ मा संशोधनको लागि पनि स्वीकृति दिइएको छ । सरकारले देशको सुरक्षा, सम्प्रभुता, जुलाई आन्दोलनका नेता कार्यकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि उक्त निर्णय लिइएको दाबी गरेको छ ।

केही दिनदेखि बंगलादेशमा अवामी लिगलाई ‘आतंकवादी संगठन’ का रूपमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै प्रदर्शन भइरहेको थियो । प्रदर्शन गर्नेमा नेसनल सिटिजन पार्टी (एनसीपी) समेत थियो । अवामी लिगले सरकारको निर्णय अलोकतान्त्रिक र दमनकारी भएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी