अमृतसरमा बिजुली नियमित, तर अझै रेड अलर्टः रभित्रै बस्न र झ्यालबाट टाढा रहन अपील

अमृतसरमा बिजुली नियमित, तर अझै रेड अलर्टः रभित्रै बस्न र झ्यालबाट टाढा रहन अपील

  • आइतवार, बैशाख २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

वैशाख २८, एजेन्सी । पहलगाम घटनालाई लिएर बुधबार बिहानदेखि एकअर्काविरुद्ध हमलामा उत्रिएका भारत र पाकिस्तान अन्ततः युद्धविराम गर्न सहमत भएका छन् । दुवै देशका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) बीच शनिबार भएको टेलिफोन संवादपछि युद्ध रोक्ने सहमति भएको हो ।

दुवै मुलुकले युद्धविराममा सहमति भएको घोषणा गरे पनि शनिबार साँझ नै भारत प्रशासित श्रीनगरमा विस्फोट सुनिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हवाई आक्रमणको भिडियो जम्मु–कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाह नै ‘एक्स’ मा राखेका थिए । विस्फोट हुन थालेलगत्तै सीमावर्ती भारतका केही स्थानमा ‘ब्ल्याकआउट’ गरिएको थियो । शनिबार राति दुवैतर्फ ड्रोन हमला र गोलाबारी चलेको सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँदिल्लीमा विदेश सचिव मिस्रीले राति ११ बजेपछि पत्रकार सम्मेलन गर्दै केही घण्टामै सहमति उल्लंघन गरिनुलाई गम्भीरतापूर्वक लिइएको जनाएका छन् । भारतीय सुरक्षा फौजले त्यसको उपयुक्त जवाफ दिइरहेको पनि उनले उल्लेख गरेका छन् । उनले पाकिस्तानलाई स्थितिलाई गम्भीरता र जिम्मेवारीका साथ सम्बोधन गर्न पनि आग्रह गरेका छन् ।

उता, शनिबार राति अमृतसरमा पनि तीव्र साइरन बजेको आवाज सुनिएको थियो । त्यसपछि डिप्टी कमिश्नर साक्षी साहनीले आइतबार बिहानै एक एडभाइजरी जारी गरेकी छन् ।

बीबीसीका अनुसार अहिले अमृतसरमा बिजुली नियमित गरिएको छ । तर जिल्ला अझै पनि रेड अलर्टमा छ । साहनीले घरबाहिर ननिस्कन, घरभित्रै बस्न र झ्यालबाट टाढा रहन अपील गरेकी छिन् ।

‘अवस्था पूरै तरिकाले सुरक्षित भएपछि प्रशासनका तर्फबाट संकेत दिइनेछ । कृपया नआत्तिनुहोस् । शान्ति बनाइराख्नुहोस् र प्रशासनको निर्देशनको पालना गर्नुहोस्’ सहानीद्वारा जारी एडभाइजरीमा भनिएको छ ।

शनिबार साँझ भारत र पाकिस्तानबीच जारी संघर्षमा विराम लगाउने सहमति भएको थियो । दुवै देशबीच कयौं दिनदेखि संघर्ष जारी थियो । भारत र पाकिस्तानका सेनाले एक अर्काविरुद्ध गरिएका आक्रमणलाई असफल बनाएको दाबी गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी