भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका

भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका

  • बिहिबार, बैशाख २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

२५ वैशाख, काठमाडौं । भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आवाज आएको छ । प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतका सैनिक प्रवक्ताले कश्मिरमा विष्फोटको भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएका छन् । ‘अहिलेसम्म हामीसँग विस्तृत विवरण छैन, तर परिस्थितिलाई बुझ्ने प्रयास गरिरहेका छौं’, उनले भनेका छन्, ‘त्यहाँ अहिले ब्ल्याक आउट छ ।’

कम्मु कश्मिर प्रहरीका पूर्वमहानिर्देशक शेष पलले सामाजिक सञ्जाल एक्समा ठूलो विष्फोट भएको भन्दै बम आक्रमण वा मिसाइल आक्रमणको शंका गरिएको बताएको छ ।

भारत वा पाकिस्तान दुवैतर्फ यसबारे विस्तृत विवरण आएको छैन ।

पहलगाममा एक नेपाली र २६ भारतीय नागरिक मारिएको आतंकवादी हमलाको जवाफ भन्दै भारतले दुई दिनअघि पाकिस्तानको ९ स्थानमा हवाई कारबाही गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्रीले त्यसको जवाफ दिइने भन्दै त्यसको सम्पूर्ण अधिकार पाकिस्तानी सेनालाई दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी