एजेन्सी । गएराति भारतले पाकिस्तानको विभिन्न ६ स्थानमा गरेको हवाई आक्रमणको बिरुद्ध पाकिस्तानले पनि भारतमाथि जवाफी कार्बाही गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री शहबाजको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतले गरेको गैरकानुनी कार्बाहीको जवाफी कार्बाही गर्न सेनालाई अधिकार दिईएको छ ।
साथै समय र कार्बाहीको स्थान छनौट पाकिस्तानी सेना आफैले गर्ने पनि निर्णय भएको छ ।
भारतीय हमलामा पाकिस्तानका २६ नागरिकको मृत्यु भएको छ भने ४६ जना घाईते भएका छन् ।
पहलगाम हिंशाको घटनापछि दुबै देशकीच युद्ध शुरु भएको हो । पाकिस्तानले जवाफी कार्बाही गरेपछि दुई देशबीच थप युद्धको आशंका बढेको छ ।
पाकिस्तानले भारतको तीन राफेल सहित पाँच वटा लडाकु विमान खसालेको दाबी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline