एजेन्सी । भारतले अप्रेसन सिन्दुरका नाममा पाकिस्तानमाथि मध्यराति गरेको हवाई आक्रमण बिरुद्ध पाकिस्ताले केही घण्टा भित्र जवाफी हमला गर्ने पाकिस्तानी सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।
पाकिस्तान प्रशासित कास्मीरमा राति ६ स्थानमा भारतले गरेको आक्रमणमा ८ जनाको मृत्यु भएको र ३३ जना घाईते भएको पाकिस्तानी सेनाले जनाएको छ ।
प्रतिआक्रमणमा भारतको पाँच लडाकु विमान सहित ड्रोनहरु खसालेको र सीमामा रहेका भारतीय चेकपोष्ट र ब्रिगेड हेडक्वार्टर नष्ट पारिएको पाकिस्तानी सञ्चार माध्यमको दाबी छ ।
आजै सुरक्षा समितिको बैठक बसेर भारत बिरुद्ध जवाफी कार्बाहीको निर्णय गर्ने बताईएको छ । पाकिस्तानले आजै भारतका विभिन्न अखडामा हमला गर्ने तयारी गरेको बताईएको छ ।
पाकिस्तानी हमलाको आशकामा भारतले श्रीनगर सहित विभिन्न विमानस्थलहरु बन्द गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline