आफु बिरोधी बिजयी क्यानेडियन प्रधानमन्त्रीलाई ट्रम्पले गरे फोन

आफु बिरोधी बिजयी क्यानेडियन प्रधानमन्त्रीलाई ट्रम्पले गरे फोन

  • बुधबार, बैशाख १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

टोरोन्टो, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई फोन गरेर देशको आमनिर्वाचनमा विजयी भएकोमा बधाई दिएका छन् ।

समाचार अनुसार दुवैले निकट भविष्यमा भेट्ने सहमतिसमेत जनाएका छन्। क्यानडामा सोमबार भएको निर्वाचन पछिको परिणामले दुई देशले नयाँ आर्थिक र सुरक्षा सम्बन्धको बारेमा वार्ता गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पको लगाएको अत्याधिक व्यापार शुल्क र क्यानाडाको सार्वभौमसत्तालाई कमजोर पार्ने बारम्बार टिप्पणीहरूका बिचमा क्यानडाका भावी प्रधानमन्त्री कार्नी र ट्रम्प बिच टेलिफोन बार्ता भएको हो । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य भनेर टिप्पणी गर्दै आएको छन्, त्यसैको बिरोधमा उत्रिएका कार्नीको लिभरल पार्टीले अघिल्लो निर्वाचनमा भन्दा १६ सिट बढी अर्थात १६९ सिट ल्याएर पहिलो पार्टी बनाएका छन् ।

अब उनलाइ सरकार बनाउनका लागि कम्तिमा थप ३ सांसदको मत आवाश्यक पर्छ किनभने क्यानडामा सरकार बनाउनका लागि कम्तिमा १७२ सांसदको समर्थन प्राप्त गर्न जरूरी छ ।

सार्वजनिक प्रसारक सीबीसीका अनुसार यो त्यो नतिजाले कार्नीको अमेरिकी समकक्षसँग वार्ता गर्ने र घरेलु मुद्दाहरूको दायरालाई सम्बोधन गर्ने दबाबपूर्ण कार्यहरूलाई अझ चुनौतीपूर्ण बनाउने भएको छ ।

मङ्गलबार प्रधानमन्त्रीको कार्यालयले जनाए नुसार चुनाव परिणाम पछिको पहिलो कलमा ट्रम्पले कार्नीलाई उनको विजयको लागि बधाई दिएका हुन । सो कार्यालयका अनुसार दुई नेताहरू बिच भएको टेलिफोन बार्तामा आफ्नो पारस्परिक सुधारको लागि स्वतन्त्र, सार्वभौम राष्ट्रको रूपमा क्यानाडा र संयुक्त राज्य अमेरिकाले मिलेर काम गर्ने सहमत भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी