ट्रम्पको दुत मस्कोमा रहेकै बेला रूसी सैन्य कमाण्डरको हत्या

ट्रम्पको दुत मस्कोमा रहेकै बेला रूसी सैन्य कमाण्डरको हत्या

  • शनिबार, बैशाख १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

मस्को, १३ बैशाख । रूसको शिर्ष सैन्य कमाण्डर जनरल यारोस्लाभ मोस्कालिक मारिएका छन् ।

मस्कोमा भएको कार बम हमलामा परी एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको रुसी अधिकारीहरूले पनि पुष्टि गरेका छन्

जनरल यारोस्लाभ मोस्कालिक नवीनतम रुसी सैन्य कमाण्डर वा क्रेमलिन समर्थक व्यक्तित्व हुन् जसलाई रूस भित्र युक्रेनीहरूले लक्षित गरेको विश्वास गरिन्छ।

डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले युक्रेन शान्ति वार्ताका लागि मस्कोमा राष्ट्रपति पुटिनलाई भेट्ने क्रममा यो बिष्फोट भएको हो, जुन पछिल्ला समयमा मारिएका सबैभन्दा उच्च सैन्य अधिकारी हुन् । यो हमलासँगै यो स्पष्ट भएको छ कि युरोप– युक्रेन मस्कोसँग हुने भनिएको शान्ति वार्ताबाट बाहिरिएका छन् ।

यसअघि गत १७ डिसेम्बर २०२४ मा मात्रै रूसको विकिरण, रासायनिक र जैविक संरक्षण सेनाको नेतृत्व गरेका जनरल इगोर किरिलोभको मस्कोमा रहेको उनको अपार्टमेन्ट ब्लक बाहिर इलेक्ट्रिक स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा अचम्म तरिकाले मृत्यु भएको थियो ।

त्यसको केही दिनअघि नै रुसी क्षेप्यास्त्र वैज्ञानिक मिखाइल शात्स्कीको मस्को नजिकैको जंगलमा गोली हानी हत्या गरिएको थियो । डिसेम्बर २०२३ मा इल्या किभा पहिले रुस समर्थक विचारधाराका साथ युक्रेनी सांसद मस्को बाहिर एउटा पार्कमा गोली हानी मारिएका थिए ।

अप्रिल २०२३ मा युद्ध समर्थक ब्लगर भ्लाडलेन टाटारस्की सेन्ट पिटर्सबर्गको एक क्याफेमा एक कार्यक्रमको क्रममा उनलाई दिइएको मूर्तिमा लुकाइएको बमले मारिएको थियो।

युक्रेनी सुरक्षा सेवाहरूले यी हत्यामा आधिकारिक रूपमा संलग्नता स्विकार गर्दैनन् । तर, तिनीहरूले त्यस्ता हत्यामा चासो राख्छन् भन्नेमा कुनै शंका नभएको जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी