१२१ बर्ष पछि भ्याटिकन भन्दा बाहिर पोपको अन्त्येष्टी हुदै

१२१ बर्ष पछि भ्याटिकन भन्दा बाहिर पोपको अन्त्येष्टी हुदै

  • शनिबार, बैशाख १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

रोम, १३ बैशाख । पोप फ्रान्सिसको अन्त्येष्टि आज अर्थात अप्रिल २६ हुदैँछ ।

उनको अन्त्येष्टिमा अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु देखी विश्वभरका नेता र आम जनता जम्मा हुने भएका छन् ।

पोपको ८८ वर्षको उमेरमा गत अप्रिल २१ मा हृदयघातका कारण निधन भएको थियो । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि सेन्ट पिटर बासिलिकामा राखिएको थियो ।

आफ्नो मृत्युको अघिल्लो दिन पोप फ्रान्सिसले इस्टर आइतबारको लागि मौन आशीर्वाद दिएका थिए। उनले विज्ञप्ति जारी गर्दै गाजालगायत विश्वभर चलिरहेको द्वन्द्वका बारेमा चर्चा गर्दै शान्ति कायम गर्न अपिल गरेकासमेत थिए ।

खासमा अब पोप फ्रान्सिसलाई भ्याटिकन भित्र गाडिने छैन। उनी एक शताब्दीभन्दा बढीमा भ्याटिकनबाहिर गाडिने पहिलो पोप हुनेछन्। पोपलाई सामान्यतया भ्याटिकन सिटीको सेन्ट पिटर्स बासिलिका मुनिको गुफाहरूमा गाडिने चलन थियो तर पोप फ्रान्सिसलाई रोमको टाइबर नदीको अर्को किनारमा रहेको सान्ता मारिया म्यागियोर बासिलिकामा गाडिने भएको छ।

पोपले सान्ता मारिया म्यागियोर बासिलिकामा उनको अन्त्येष्टि गर्ने बारेमा डिसेम्बर २०२३ मा हुने खुलासा गरेका थिए। उनले म्यागियोर बासिलिकासँग विशेष सम्बन्ध महसुस गरेको बताएका थिए । तिनीहरू भर्जिन मेरीको सम्मानमा सधै आइतबार बिहान यहाँ जानेसमेत गर्दथे ।

यसअघिका अन्य ७ पोपहरू पनि सान्ता मारिया म्यागियोरमा गाडिएका छन्। पोप लियो तृतिया भ्याटिकन बाहिर गाडिएको अन्तिम पोप थिए। उनको मृत्यु १९०३ मा भएको थियो ।

उनको अन्त्यस्टीसँगै नयाँ पोप चयन प्रक्रिया पनि सुरू हुनेछ । यस प्रक्रियालाई ‘पापल कन्क्लेभ’ भनिन्छ। यसको अर्थ पोप चयन गर्न कार्डिनलहरूको गोप्य बैठक हो। यो सम्मेलन सामान्यतया पोप पद रिक्त भएको १५ देखि २० दिन पछि सुरू हुन्छ ।

खासमा कार्डिनलहरू क्याथोलिक धर्मका वरिष्ठ पुजारीहरूको समूह हो । तिनीहरूको काम पोपलाई सल्लाह दिनु हो। प्रत्येक पटक पोप यी कार्डिनलहरू मध्येबाट छनोट गरिन्छ। तर, पोप बन्नका लागि कार्डिनल हुन भने आवश्यक छैन। जस्तो कि अर्बन छैटौं, कार्डिनल कलेजबाट निर्वाचित नभएका अन्तिम पोप थिए। जो सन १३७९ मा पोप भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी