एजेन्सी । भारत नियन्त्रित कास्मीरको पहलगाममा आतंकवादी हमलामा एक नेपाली सहित २६ जनाको मृत्यु भएपछि अहिले भारत र पाकिस्तानबीच सम्बन्ध तनावपूर्ण बनेको छ ।
पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको भारतले दाबी गरेको छ जुन पाकिस्तानले खण्डन गर्दै आएको छ ।
भारतले जल सन्धि लगायत व्यापार, भिषा जस्ता विभिन्न क्षेत्रका सम्झौताहरु निलम्बन गरेको छ भने पाकिस्तनले पनि सोही कदम चालेको छ ।
अहिले सीमामा दुबै देशले आफ्ना लडाकु विमान, सेनाको तैनाथी र युद्ध सामाग्रीहरु व्यापक मात्रामा तैनाथ गरेका छन् ।
यही क्रममा गएराति एलओसीमा दुबै देशका सेनाबीच गोली हानाहान भएको खबर छ । यसबाट कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन ।
यसैबीच सँयुक्त राष्ट्र संघले भारत र पाकिस्तानलाई संयमता अपनाउन अपील गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline