जम्मु कास्मीरमा ठूलो आतंकवादी हमलाः २६ जनाको मृत्यु, साउदी भ्रमण छोट्याएर दिल्ली फर्किए मोदी

जम्मु कास्मीरमा ठूलो आतंकवादी हमलाः २६ जनाको मृत्यु, साउदी भ्रमण छोट्याएर दिल्ली फर्किए मोदी

  • बुधबार, बैशाख १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

भारत नियन्त्रित जम्मू–कश्मिरको पहलगममा आतंकवादी हमला हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको हो।

सेना प्रहरीको पोशाक लगाएर बसेका बन्दुकधारीहरुले धर्म सोध्दै गोली हानेको प्रत्यक्षदर्शीहरुले बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको सञ्चार माध्यमहरूले जनाएका छन्।

गोली चलेको आवाज सुनेपछि सुरक्षाकर्मीहरू पहलगम पुगेका थिए। मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ। घटनामा एक दर्जन बढी मानिसहरु घाईते भएका छन् ।

हाल साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे गृहमन्त्री अमित शाहसँग कुराकानी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। घटनाको निन्दा गर्दै उनले यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने बताएका छन्। मोदी भ्रमण छोट्याएर दिल्ली आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी