अचानक किन इजरायलले बर्खास्त गरयो १००० आफ्ना सैनिकलाई

अचानक किन इजरायलले बर्खास्त गरयो १००० आफ्ना सैनिकलाई

  • सोमवार, बैशाख १, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

तेल अहिव, १ बैशाख । प्यालेस्टाइन बिरूद्दको युद्दका बारेमा प्रश्न उठाउने १००० सैनिकलाई इजरायलले हटाए पछि हल्लीखल्ली मच्चिएको छ ।
गाजा युद्धमा प्रश्न उठाउँदै उनीहरूले भनेका थिए, ‘यो युद्ध अब राजनीतिक उद्देश्यका लागि भइरहेको छ, अनाहकमा मानिसहरू मरिरहेका छन् ।’ यही कुरा नै तीनीहरूलाई मंहगो भएको छ ।

खासमा इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आफ्ना करिब १००० रिजर्व सैनिकहरूलाई बर्खास्त गरेको हो। इजरायलका सैन्य प्रमुख इयार जमीर र वायुसेनाले रिजर्ववादीहरूलाई बर्खास्त गर्ने निर्णय लिएका हुन । तर, यो बर्खास्तगी कहिलेसम्म कायम हुन्छ भन्ने इजरायलले अहिलेसम्म केही जानकारी भने दिइएको छैन् ।

यी सैनिकहरूले गाजामा जारी युद्धको विरुद्ध आवाज उठाएका थिए र बन्धकहरूको रिहाइलाई प्राथमिकता दिँदै तत्काल युद्धविरामको माग गरिरहेका नै सैनिकहरू थिए।

इजरायलमा पहिलो पटक यति ठूलो संख्यामा सैनिकलाई बर्खास्त गरिएको यो पहिलो पटक मानिएको छ । बर्खास्त गरिएका अधिकांश सैनिकहरू गाजा र लेबनानमा हालै भएका युद्धहरूमा संलग्न रहेका आरक्षित सैनिकहरू हुन्।

यसअघि पनि गत महिना इजरायलका सयौं वायुसेना रिजर्भ सैनिकहरूले केही इजरायली अखबारहरूमा सरकारलाई पठाएको पत्र प्रकाशित गरेका थिए । यसमा उनले गाजामा चलिरहेको युद्धले अहिले राजनीतिक स्वार्थ पु¥याएको बताए । उनीहरूको तर्क थियो, ‘यसको अब कुनै सैन्य उद्देश्य छैन।’

गाजामा १८ महिनादेखि चलिरहेको युद्धले न बन्धकहरूलाई बचाइरहेको छ, न हमासलाई नै नष्ट गरेको छ। बरु यो युद्धमा सैनिक, बन्धक र सर्वसाधारण मारिएका छन् । यदि युद्ध जारी रह्यो भने बन्धकहरू, सैनिकहरू र निर्दोष मानिसहरू अझै मरिरहने छन् ।

यो पत्रमा सयौं सेवानिवृत्त अधिकारीहरूले हस्ताक्षर गरेका थिए। यो इजरायलका धेरै प्रमुख पत्रिकाहरूमा प्रकाशित भएको थियो। यस पत्रमा हस्ताक्षर गर्नेहरूमा रिजर्भ नेभिगेटर अलोन गुरजस्ता बरिष्ठ अधिकारीहरू पनि, जसलाई पहिले नै बर्खास्त गरिएको छ।

इजरायली सेनाले यो पत्रलाई ‘अनुशासन हिन’ र ‘सैन्य नीति’ विरुद्ध मानेको छ। एक आइडिएफ प्रवक्ताले भने, ‘हाम्रो प्राथमिकता देशको सुरक्षा हो। हामी धेरै मोर्चाहरूमा लडिरहेका बेला, त्यस्ता कार्यहरूले सैन्य एकतालाई कमजोर बनाउँछ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी