मार्शल ल लगाउने दक्षिण कोरियाली राष्ट्रपति युन सुक पदमुक्त

मार्शल ल लगाउने दक्षिण कोरियाली राष्ट्रपति युन सुक पदमुक्त

  • शुक्रबार, चैत्र २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, २२ चैत । दक्षिण कोरियाको राष्ट्रपति युन सुक येओल पदमुक्त भएका छन् ।

संवैधानिक अदालतले युन सुक येओलले गत डिसेम्बरमा मार्शल ल घोषणा गरेर आफ्नो शक्तिको दुरुपयोग गरेको अभियोगमा पदमुक्त गरेको हो । सो अदालतले उनलाई स्थायी रूपमा पदबाट हटाएको फैसला सुनाएको छ ।

जब राष्ट्रपति यून सुक येओलले डिसेम्बर ३ मा मार्शल ल घोषणा गरे र सेनालाई संसद भवन देखी अन्य निकायमा नियन्त्रणमा लिन आदेश दिएर देश र विश्वलाई चकित पारेका थिए।

तर, जनता, आफ्नो सेना र संसदका सदस्यहरूको प्रतिरोधलाई कम आँकलन गरेका उनले ६ घण्टापछि नै सो अर्डर फिर्ता लिन बाध्य भएका थिए। पछि उनलाइ संसदले महाअभियोग लगाएर निलम्बन गरेको थियो ।

तर, संसदले निलम्बन गरे पनि संबैधानिक अदालतले अन्तिम निर्णय गर्नु पर्ने संबैधानिक ब्यवस्था अनुसार उनी माथी संबैधानिक अदालतमा बहस चलिरहेको थियो । जुन बहस समाप्त भए पछि अदालतले उनी पदमुक्त भएको घोषणा गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी