अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने हंगेरीको घोषणा

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने हंगेरीको घोषणा

  • शुक्रबार, चैत्र २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, २१ चैत । हंगेरी सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने घोषणा गरेको छ ।

इजरायलका नेता बेन्जामिन नेतान्याहू, जसलाई आईसीसी गिरफ्तारी वारेन्ट अन्तर्गत राखिएको छ, उनी भ्रमणको लागि हंगेरी आइपुगेको केही घण्टा पछि प्रधानमन्त्री भिक्टर ओर्बनले सो निर्णय लिएका हुन् ।

प्रधानमन्त्री ओर्बन निकट सरकारका एक वरिष्ठ अधिकारीले यो कदमको घोषणा जानकारी दिएका छन । खासमा प्रधानमन्त्री ओर्बानले गत नोभेम्बरमा वारेन्ट जारी हुने बित्तिकै नेतान्याहुलाई आफ्नो देश भ्रमणका लागि निमन्त्रणा दिएका थिए, यस आदेशले आफ्नो देशमा कुनै प्रभाव नहुने उनको प्रारम्भिक टिप्पणी थियो ।

नोभेम्बरमा, आइसीसी न्यायाधीशहरूले इजरायल र हमास बीचको युद्धको क्रममा कथित युद्ध अपराध र मानवता विरुद्धको अपराधको लागि नेतान्याहूले ूआपराधिक जिम्मेवारी रहनका लागि उचित आधार रहेको जनाएका थिए । नेतन्याहुले आईसीसीको निर्णयलाई निन्दा गर्दै आएका छन्।

विश्वव्यापी अदालतमा नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराधको अभियोगमा अभियोग लगाउने अधिकार आईसीसीसँग रहेको छ।
हंगेरी आईसीसीको एक संस्थापक सदस्य हो, जसमा १२५ सदस्य राष्ट्रहरू छन् । यो निर्णयसँगै आईसीसीबाट बाहिरिने पहिलो युरोपेली संघ राष्ट्र हुनेछ।

‘आईसीसी एक सम्मानजनक पहल थियो,’ ओर्बानका प्रमुख कर्मचारी गेर्गेली गुल्यासले हंगेरीको राज्य स्वामित्वको समाचार एजेन्सी एमटीआईलाई भने, ‘तर यो आफ्नो मूल उद्देश्यबाट विचलित भएको र राजनीतिक निकाय बन्न पुग्यो ।’

उनले नेतान्याहु विरुद्ध जारी वारेन्ट अस्वीकार्य भएको जनाउँदै हंगेरी सरकार अब अदालतको काममा भाग लिन नचाहेको बताए। ‘हंगेरीको संसदले आईसीसीको विधानलाई कहिल्यै घोषणा गरेको छैन, त्यसैले यो देशको कानूनको हिस्सा होइन,’ गुल्यासले थपे।

इजरायलले यस बीचमा ओर्बानलाई इजरायलको साथमा स्पष्ट र बलियो नैतिक अडानको लागी धन्यवाद दिएको विदेश मन्त्री गिडोन सारले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी