मरिन ले पेन आर्थिक हिनामिना प्रकरणमा दोषी ठहर, राष्ट्रपतिय निर्वाचन लड्न नपाउने

मरिन ले पेन आर्थिक हिनामिना प्रकरणमा दोषी ठहर, राष्ट्रपतिय निर्वाचन लड्न नपाउने

  • सोमवार, चैत्र १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

पेरिस । फ्रान्सको एक अदालतले चरम दक्षिणपन्थी दल नेशनल र्‍याली (आरएन) की नेतृ मरिन ले पेनलाई आर्थिक हिनामिनाको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षका लागि सार्वजनिक पदमा प्रतिबन्ध लगाएको छ ।

उनले सन् २०२७ मा हुने राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्न नपाउने भएकी छन् । अदालतको निर्णयसँगै फ्रान्सको राष्ट्रपति बन्ने उनको चौथो प्रयास पनि असफल हुने निश्चित भएको छ । यसअघि उनले सन् २०१२, २०१७ र २०२२ मा फ्रान्सको राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गरेकी थिइन् ।

पेनलाई उनको दल आरएनलाई आर्थिक सहयोग गर्न युरोपेली कोष हिनामिना गरेको आरोपमा दोषी ठहर गरिएको हो । अदालतका अध्यक्ष बेनेडिक्टे डे पर्थुइसले ले पेनका कार्यहरू ‘युरोपमा विशेषगरी फ्रान्समा लोकतान्त्रिक जीवनका नियमहरूमाथि गम्भीर र स्थायी आक्रमण’ भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार सुनुवाईका क्रममा अदालतमा उपस्थित ले पेन भने प्रतिबन्धको अवधि थाहा पाउनु अघि नै अदालतबाट बाहिरिएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी