ट्रम्पका कारण इटालीमा मेलोनीको सरकार धरापमा

ट्रम्पका कारण इटालीमा मेलोनीको सरकार धरापमा

  • बिहिबार, चैत्र १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

रोम, १४ चैत । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको सरकार संकटबाट गुज्रिरहेको छ ।
युरोपमा बदलिएको राजनीतिक समीकरण र अमेरिकाको नीतिमा आएको परिवर्तनले मेलोनीको नेतृत्वलाई कमजोर बनाएको छ ।

इटालीको वर्तमान सरकार तीन पार्टीहरूको गठबन्धनमा आधारित छ, फर्टेली डी–इटालिया, लेगा पार्टी र फोर्जा इटालिया। तर, बिदेश नीतिमा यी दलहरुको फरक मत रहेकाले सरकार अस्थिर बन्दै गएको हो । यदी यी मतभेदहरू गहिरिदैँ गएमा मेलोनीको सरकार ढल्न सक्ने जनाइएको छ । मेलोनीले ट्रम्प र उनको नीतिहरूलाई समर्थन गर्छिन भने उनको फर्टेली डी– इटालिया पार्टीले खुला रूपमा युरोप र युक्रेनलाई समर्थन गर्दछ।

उही समयमा, लेगा पार्टीका नेता माटेओ साल्भिनीले रुस समर्थक अडान अपनाइरहेका छन् र युरोपेली देशहरूको सैन्य स–शक्तिकरणको विरोध गरिरहेका छन्। यदि मेलोनीले रूस विरुद्ध कडा कदम चाल्छिन भने लेगा पार्टीले समर्थन फिर्ता लिन सक्छ, जसले सरकारलाई अल्पमतमा ल्याउने छ।

अर्कोतर्फ, फोर्जा इटालियाले युक्रेन समर्थक नीति अपनाइरहेको छ। यदि मेलोनीले युक्रेन विरोधी अडान अपनाएमा फोर्जा इटालियाले पनि सरकारबाट टाढा हुन सक्छ।

इटालीमा ३ दलको सरकार छ । यी मध्ये, मेलोनीको फर्टेली डी–इटालिया सबैभन्दा प्रमुख भूमिका खेल्छ। यसमा ६३ सांसद छन् । २९ सांसद रहेको लेगा पार्टी दोस्रो स्थानमा छ । तेस्रो स्थानमा २० सांसद रहेको फोर्जा इटालिया रहेको छ ।

इटालीमा सरकार बनाउन १०३ सांसदको संख्या चाहिन्छ । अब यदि तिनीहरू मध्ये कोही पनि यहाँ र त्यहाँ सर्छ भने यो मेलोनीको लागि महँगो साबित हुनेछ। यस्तो अवस्थामा मेलोनीले न त पूर्ण रूपमा अमेरिकाको विरुद्ध जान सक्छिन्, न त खुलेर युरोपेली रक्षा नीतिहरूलाई समर्थन गर्न सक्छन् । उनको यो दुविधाले उनको नेतृत्वलाई कमजोर बनाउँदै लगेको छ र युरोपेली राजनीतिमा इटालीको प्रभाव पनि घट्दै गएको छ ।

तर, मेलोनीले सधैं युरोपको स्वतन्त्र रक्षा प्रणालीको विरोध गर्दै नेटोको समर्थन गर्दै आएकी छिन्। तर अहिले नेटो कमजोर बन्दै गएपछि मेलोनीको नीति अझै स्पष्ट भएको छैन। यस्तो अवस्थामा इटालीका विपक्षी दलहरूले पनि सरकार माथि हमला गर्ने मौका पाइरहेका छन् ।

जनमत पनि मेलोनीको विरुद्धमा गएको देखिन्छ । फेब्रुअरीमा गरिएको सर्वेक्षणमा ६९ इटालियनहरूले स्वतन्त्र युरोपेली सेनाको पक्षमा थिए। तर मेलोनी सरकारले यस विषयमा कुनै ठोस कदम चाल्न सकेको छैन।

यस बाहेक इटालीमा पहिलो पटक आणविक प्रतिरोधका विषयमा खुला बहस सुरु भएको छ । जर्मनी र पोल्याण्डले यसअघि नै फ्रान्सको आणविक सुरक्षा प्रणालीमा सामेल हुने इच्छा व्यक्त गरिसकेका छन् तर इटाली यस विषयमा अलमलमा परेको देखिन्छ।

मेलोनीका लागि सबैभन्दा ठूलो चुनौती भनेको उनका गठबन्धन साझेदारहरू फरक दिशामा उभिएका छन्। अमेरिकाको नीतिका कारण लेगा पार्टी रुसको नजिक गइरहेको छ भने फोर्जा इटालिया युक्रेनको समर्थनमा छ । यही बढ्दो मतभिन्नताका कारण जुनसुकै बेला सरकार ढल्न सक्छ । यदि मालोनीले युरोपको पल्स बुझ्न सकेनन् भने उनको प्रधानमन्त्रीको हैसियत धेरै दिन टिक्दैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी