पोप फ्रान्सिस ३८ दिन पछि डिस्चार्ज, अझै २ महिना आराम गर्नुपर्ने

पोप फ्रान्सिस ३८ दिन पछि डिस्चार्ज, अझै २ महिना आराम गर्नुपर्ने

  • सोमवार, चैत्र ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, ११ चैत । पोप फ्रान्सिसलाई ३८ दिनसम्म दुवै फोक्सोमा निमोनियासँग लड्दै अस्पतालबाट डिस्चार्ज भएका छन ।

यो जानकारी उनका चिकित्सकहरुले दिएका हुन् ।

जेमेलीको मेडिकल डाइरेक्टर डा. सर्जियो अल्फेरीले फ्रान्सिसलाई भ्याटिकनमा निको हुन कम्तिमा २ महिना आराम गर्नुपर्ने बताए। फ्रान्सिसलाई ब्रोन्काइटिसका कारण १४ फेब्रुअरीमा जेमेली अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई निमोनिया भयो, जसले उनको ज्यानलाई खतरामा पारेको थियो।

पोप फ्रान्सिसका डाक्टरहरूले १ महिनामा पोपको अवस्थाको बारेमा पहिलो व्यक्तिगत अपडेट प्रदान गरेका छन । यो संकेत हो कि उनले डबल निमोनिया विरुद्धको लडाईमा राम्रो र स्थिर प्रगति गरेका छन्।

८८ वर्षीय फ्रान्सिसलाई फेब्रुअरी २१ मा जेमेली अस्पतालमा ल्याइए पछि उनलाई पटकपटक सास फेर्न समस्या भएको थियो, जसले उनको अवस्था नाजुक बनाएको थियो, यद्यपि उनको अवस्था अहिले ठीक छ ।

अर्को समाचार अनुसार भ्याटिकनले घोषणा गर्‍यो कि फ्रान्सिस आइतवार बिहान अस्पतालमा उनको १० औं तल्लाको सुइटबाट तीर्थयात्रीहरूलाई आशीर्वाद दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी