अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेकाे भेनुजुएलाको आरोप

अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेकाे भेनुजुएलाको आरोप

  • शुक्रबार, चैत्र ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, ८ चैत । अमेरिकाले आफ्ना नागरिक अपहरण गरेर एल साल्भाडोर लगेको भेनेजुएलाले आरोप लगाएको छ ।

अमेरिकाले अमेरिकामा बस्दै आएका भेनुजेएलाका आप्रावासीलाइ पक्राउ गरेर केही दिन अघि मात्रै एल साल्भाडोरको कुख्यात जेलमा लगे पछि उसले यस्तो प्रतिक्रिया दिएको हो ।

संयुक्त राज्य अमेरिकाले एल साल्भाडोरको कुख्यात मेगा जेलमा २०० भन्दा बढी आप्रवासीलाइ लगेर थुनेको थियो । अमेरिकाले तीनीहरूलाइ ‘अपराधी’ को संज्ञा दिइएको छ । यो जेल त्यही जेल हो, जहाँ पसे पछि कोही पनि बाहिर निस्कन सक्दैन् । खासमा साल्भाडोरका दुइ कुख्यात गुन्डा समुहका झन्डै ४० हजार बन्दीहरूलाइ यही जेलमा सदाका लागि खिएको छ, जो दशकौं देखी साल्भाडोरमा हिंसा, लागुऔषध तस्कर, हत्यामा संलग्न रहेको आरोप छ ।

‘नायब बुकेले यस अपहरणमा सहयोगी हुनुहुँदैन, किनभने हाम्रा युवाहरूले संयुक्त राज्यमा कुनै अपराध गरेनन्, त्यहाँ लगिएका कोही पनि कुनै पनि अपराधी होइनन,’ निकोलस मादुरोले साल्भाडोरका नेतासँग भने । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्झौता गरेका एल साल्भाडोरका नेताले यसमा पुनर्विचार गर्नु पर्ने उनको जोड छ ।

‘उनीहरूलाई मुद्दामा ल्याइएको थिएन, उनीहरूलाई प्रतिरक्षाको अधिकार, उचित प्रक्रियाको अधिकार दिइएन, उनीहरूलाई धोका दिइयो, हथकडी लगाइयो, विमानमा राखियो, अपहरण गरियो र एल साल्भाडोरको यातना शिविरमा पठाइयो,’ मादुरोले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी