काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्काल पूर्ण युद्धविराम अस्विकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संवादका क्रममा उनले केवल उर्जा प्रणाली तथा संरचनामाथिको आक्रम रोक्ने सन्दर्भमा मात्रै सहमति जनाएका छन् ।
प्टिनले अस्थायी भन्दा पनि पूर्ण शान्ति हुनु पर्ने भनेपछि ट्रम्पले पनि स्वीकारोक्ती दिएका छन् ।
ट्रम्पको टोलीले हालै मात्र साउदी अरेबियामा युक्रेनी प्रतिनिधिहरुसँग वार्ता गरेको थियो । पुटिनले, ‘वृहत ढाँचाको युद्धविराम त्यति बेला मात्रै काम गर्ने छ, जब युक्रेनले पाइरहेको सैन्य सहायता र खुफिया सूचना आदान प्रदान बन्द हुन्छ ।’
युक्रेनका युरोपेली सहयोगीहरुले भने पहिल्यै यस्ता शर्त अस्विकार गरेका छन् । यद्यपि, पुटिन र ट्रम्प मध्यपूर्वमा आगामी शान्ति वार्ता तुरुन्त गर्नेमा भने सहमत भएका छन् । गएको मंगलबार मात्रै अमेरिकी प्रतिनिधिमण्डल र युक्रेनी समकक्षीबीच भएको वार्तामा तत्काल ३० दिने युद्धविराम गर्न सकिने सहमति जुटेको थियो ।