राष्ट्रसंघका महासचिव गुटेरेस बंगलादेशमा, रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा

राष्ट्रसंघका महासचिव गुटेरेस बंगलादेशमा, रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा

  • शनिबार, चैत्र २, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा गरेका छन्।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार विहिबार बंगलादेश पुगेका गुटेरेसले बंगलादेशको कोक्स बजारको भ्रमण गरेका छन् छन्, जहाँ रोहिंग्या शरणार्थी शिविरहरू छन् ।

त्यसपछि सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग भेट गरेका गुटेरेसले सरकारलाई धन्यवाद दिदै लेखेका छन्- ‘देश नयाँ परिवर्तनहरूबाट गुज्रिरहेको बेला, सबैका लागि दिगो र उज्ज्वल भविष्य निर्माण गर्न संयुक्त राष्ट्र संघमा तपाईं भर पर्न सक्नुहुन्छ ।’

विश्व खाद्य कार्यक्रम र अन्य संस्थाहरूले सहायतामा सम्भावित कटौतीको घोषणा गरेपछि, विशेष गरी युएसएडले आफ्नो सञ्चालन बन्द गरेपछि उनको भ्रमणले महत्व राख्ने बताइएको छ ।

यसैबीच, बंगलादेशको अन्तरिम सरकारले गुटेरेसको यो भ्रमणले रोहिंग्या शरणार्थीहरूको लागि सहायता सङ्कलन गर्न विश्वभर भइरहेका प्रयासहरूलाई थप सहयोग मिल्ने र उनीहरूको समस्यातर्फ विश्वको ध्यान आकर्षित गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी