पुटिन अमेरीकी प्रस्ताव अनुसार युक्रेनसँग युद्ध बिराम गर्न तयार, तर दीर्घकालीन शान्तिका लागि राखे शर्त

पुटिन अमेरीकी प्रस्ताव अनुसार युक्रेनसँग युद्ध बिराम गर्न तयार, तर दीर्घकालीन शान्तिका लागि राखे शर्त

  • शुक्रबार, चैत्र १, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

एजेन्सी । तीन बर्षदेखि जारी युक्रेन युद्धमा अमेरीकी प्रस्ताव अनुसार युद्ध बिराम गर्न रुस तयार रहेको रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले बताएका छन् ।

बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले अमेरीकी प्रस्ताव अनुसार युद्धबिरामका लागि तयार रहेको संकेत गर्दै यसले दीर्घकालीन शान्तिका लागि मार्गप्रसस्त गर्नु पर्ने शर्त भने राखेका छन् ।

अमेरीकाले युक्रेनसँगको छलफलमा तीस दिनका लागि अस्थायी युद्धबिराम गर्न प्रस्ताव गर्दा युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकी तयार भएका थिए ।

पुटिनले भने, “युद्ध बिराम प्रस्ताव सैद्धान्तिक रुपमा सही छ र समर्थन गर्दछौँ, तर यसको शर्तहरु पालना हुनु पर्नेछ ।”

पुटिनले पत्रकार सम्मेलन अघि युक्रेनले कब्जा गरेको रुसी भुभागको भ्रमण गरेका थिए । सो क्रममा सैन्य पोशाकमा युद्ध मैदान पुगेका पुटिनले सेनालाई आफ्नो भुभागबाट युक्रेनी सेनालाई चाडो भन्दा चाडो खेद्न निर्देशन दिएका थिए ।

पुटिनले कुस्र्क क्षेत्रको ८६ प्रतिशत भुभाग युक्रेनकी कब्जाबाट मुक्त गरीसकेको र अन्तिम पाईलामा रहेको युक्र्रेनी सेनाले कुस्र्कमा आत्मसमर्पण गर्नु पर्ने वा हतियार छाड्नु पर्ने शर्त राखेका छन् ।

उनले तीस दिने युद्ध बिराम अवधि युक्रेनको लागि सैनिक भर्ती र जम्मा गर्न, खाली भएको हतियार गोदाम भर्नका लागि हुन नहुने र दीर्घकालीन शान्ति र समस्याको निवारण गर्न तर्फ हुनु पर्ने बताएका छन् ।

यस विषयमा अमेरीका र अन्य भागेदारहरुसँग कुराकानी गर्ने पुटिनले बताए ।

सन् २०२२ देखि युक्रेन युद्धमा दशौँ लाख मानिसहरु मारिएका छन् । अमेरीका र युरोपेली देशहरुको हतियार र पैसाको बलमा युक्रेनले रुस बिरुद्ध लड्दै आएको छ ।

डोनाल्ड ट्रम्प अमेरीकी राष्ट्रपति भएपछि युद्ध बिरामको प्रस्ताव गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी