इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता शुरु हुने

इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता शुरु हुने

  • आइतवार, फाल्गुन २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ । इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै शुरु हुने अपेक्षा गरिएको छ । इजरायलले युद्धविराम सम्झौताको वार्ता अगाडि बढाउन आफ्नो प्रतिनिधिमण्डल कतार पठाउने बताएपछि वार्ता हुने भएको हो ।

साथै, हमासले इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता सुरु गर्ने सम्बन्धमा पनि सकारात्मक संकेत दिएको छ । इजरायल र हमासबीचको युद्धविराम सम्झौताको पहिलो चरण मार्चको सुरुमा समाप्त भएको थियो र अब सम्झौताको दोस्रो चरणको वार्ता हुने भएको छ।

इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाको मध्यस्थतामा वार्ताको निमन्त्रणा स्वीकार गरेको बताउदै थप विवरण भने दिएको छैन । इजरायल र हमासबीच युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता एक महिना अघि सुरु हुने तय भएको थियो ।

अमेरिकाले हमाससँग वार्ता सुरु गर्ने बारेमा पनि जानकारी गराएको छ । गत हप्ता, इजरायलले हमासलाई युद्धविराम सम्झौता बढाउन र बाँकी आधा बन्धकहरूलाई रिहा गर्न दबाब दिएको थियो । तर, सहमति हुन सकेन । हमासले अझै पनि २४ जना बन्धक र ३५ जनाको शव राखेको छ । इजरायलले हमासलाई दबाब दिन गत हप्ता गाजामा हुने सबै आपूर्ति बन्द गरेको थियो ।

इजरायल र हमासबीचको सम्झौताको पहिलो चरणमा २५ जना जीवित बन्धकहरूलाई रिहा गरिएको थियो र आठ जनाको शव हस्तान्तरण गरिएको थियो । बदलामा, इजरायलले लगभग दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेक ओथियो । इजरायलले गाजाको बफर जोनबाट आफ्ना सेना फिर्ता बोलाएको छ, त्यसपछि हजारौं प्यालेस्टिनीहरू गाजा फर्कन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी