च्याम्पियन्स ट्रफीको फाइनल आज दिउँसो पौने ३ बजे हुँदैछ। समूह चरणका १२ खेल र दुई सेमिफाइनलपछि भारत र न्युजिल्यान्ड उपाधिका लागि भिड्न लागेका हुन्।
समूह ए बाट सँगै अगाडि बढेका यी टोलीले सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकालाई हराएर आइतबार उपाधि भिडन्त पक्का गरेका हुन्। यसअघि समूह चरणमा भारतले न्युजिल्याण्डलाई ४४ रनले पराजित गरेको थियो।
फाइनल खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला हुनेछ। भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएपछि, फाइनल खेल दुबईमा तय भएको हो।
यसअघि वर्षाका कारण खेल रद्द हुँदा सन् २००२ मा श्रीलंका र भारतले उपाधि बाँडेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline