एजेन्सी । युक्रेनका राष्ट्रपति जेलेन्सकीसँग ह्वाईट हाउसमा भएको वार्ताका क्रममा भनाभनपछि ट्रम्पले फेरी बोलेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा प्रतिकृया जनाउदै जेलेन्सकीले युक्रेनमा शान्ति नचाहेको आरोप लगाएका छन् ।
अमेरीकी समर्थन र सहयोग आफ्नै प्राप्तिका लागि प्रयोग गरीरहेको भन्दै जेलेन्सकीले आईतबार युद्धबिराम अझ धेरै पर भएको टिप्पणी गरेको बिषयमा प्रतिकृया दिएका हुन् ।
अमेरीकाले लामो समय युक्रेनलाई युद्धका लागि सहयोग दिन नसक्ने ट्रम्पले स्पष्ट पारे ।
“ यूरोपले एउटा बैठकमा जेलेन्सकीसँगै रहेको भन्ने सन्देश दिए, तर अमेरीका विना उनीहरुले यो सबै गर्न सक्छन् रुसका बिरुद्ध ? ट्रम्पले लेखेका छन् ।
ट्रम्पसँग शुक्रबार युक्रेनको दुर्लभ खनिज सम्झौता गर्न भन्दै जेलेन्सकी ह्वाईट हाउस पुगेपनि त्याँहा युक्रेनको सुरक्षा ग्यारेन्टी हुनु पर्ने विषयमा विवाद भएपछि सम्झौता हुन सकेको छैन ।
ट्रम्पले रुस युक्रेन युद्ध तत्काल रोकिनु पर्ने भन्दै पहल गरीरहेका छन् ।