गाजामा थप ४२ दिन युद्धबिराम गर्न ईजरायल सहमत

गाजामा थप ४२ दिन युद्धबिराम गर्न ईजरायल सहमत

  • आइतवार, फाल्गुन १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा अस्थायी युद्धविराम सम्झौताको अवधि बढाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले अघि सारेका उक्त प्रस्तावको नेतन्याहुले अनुमोदन गरेका हु्न।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले रमजान र यहूदीहरूको निस्तार चाडलाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप छ हप्ताको लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेको बताएका छन्।

शनिबार मध्यरातमा पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो।

स्टिभ विटकफको यो नयाँ प्रस्ताव अन्तर्गत इजरायललाई दोस्रो चरणको वार्ता असफल भएको महसुस भयो भने ४२ दिन पछि पुनः लडाई सुरु गर्न सकिने उल्लेख छ।

इजरायलले थप बन्धकहरूको तत्काल रिहाइ चाहन्छ। हमास पनि दोस्रो चरणलाई अगाडि बढाउन चाहन्छ। बीबीसी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी