उत्तराखण्डको हिमपहिरोमा चार जनाको मृत्यु, अझै बेपत्ता पाँचजनाको खोजी जारी

उत्तराखण्डको हिमपहिरोमा चार जनाको मृत्यु, अझै बेपत्ता पाँचजनाको खोजी जारी

  • आइतवार, फाल्गुन १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ । भारतको उत्तराखण्डको चमोलीमा हिमपहिरोमा फसेका मानिसहरूलाई उद्धार गर्ने कार्य तेस्रो दिन पनि जारी रहेको छ ।

उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका थिए । जसमा ५० जनालाई बाहिर निकालिएको छ, जसमा चार जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अझै बेपत्ता रहेका पाँच जनाको उद्धार गर्न खोजी अभियान चलाइएको छ, जसको नेतृत्व सेनाको ब्रिगेडले गरिरहेको बताइएको छ ।

सेनाले अझै पनि बेपत्ता पाँच जनालाई खोज्न अभियान चलाइरहेका छन् । उद्धार कार्यको अनुगमन गर्न वरिष्ठ सेना अधिकारीहरू दुर्घटना स्थलमा पुगेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार बाँकी कामदारहरू पत्ता लगाउन थर्मल इमेज क्यामेराहरू प्रयोग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी