ट्रम्पले विदेशी नागरिकलाई भने– ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ

ट्रम्पले विदेशी नागरिकलाई भने– ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ

  • बुधबार, फाल्गुन १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख डलर तिरेर विदेशीलाई अमेरिकी नागरिकता दिने नीति अघि सारेका छन् ।

मंगलबार वासिंगटनस्थित ओभल अफिसबाट उनले भने, ‘हामी गोल्ड कार्ड बेच्दैछौं । तपाईंसँग ग्रिन कार्ड छ। यो गोल्ड कार्ड हो। हामी त्यो कार्डको मूल्य लगभग पाँँच मिलियन राख्नेछौं र त्यसले तपाईंलाई ग्रिन कार्ड विशेषाधिकार दिनेछ, साथै यो नागरिकताको बाटो हुनेछ। र, धनी मानिसहरू यो कार्ड किनेर हाम्रो देशमा आउनेछन्।’
गोल्ड कार्ड करिब दुई सातापछि विक्री सुरु हुने ट्रम्पले बताएका छन् । ५० डलर भनेको नेपाली रुपैयाँ करिब ७० करोडजति हुन्छ ।

सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले यस्तो गोल्ड कार्ड रुसी प्रभावशाली व्यापारीहरूलाई पनि बेचिने बताएका छन् । उनले केही रुसी धनाढ्यहरू अत्यन्तै राम्रा मान्छेका रूपमा आफूले चिनेको बताएका छन् । ट्रम्पले रुसी नागरिकलाई लक्षित गरी यस्ताे याेजना अघि सारिएकाे अनुमान गरिएकाे छ ।

अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले यस्तो कार्डले अमेरिकी सरकारको इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसालाई विस्थापित गर्ने बताए । इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसा विदेशी लगानीकर्तालाई अमेरिकी परियोजनाहरूमा लगानी गरेर रोजगारी सिर्जना गर्ने प्रयोजनका लागि दिने गरिन्छ । 

ट्रम्पको पहिलो कार्यकालमा कांग्रेसका सांसदहरूबाट यस कार्यक्रमको आलोचना भएको थियो, धेरैले यो आफ्नो लक्ष्यबाट विचलित भएको र सुधारको आवश्यकता रहेको चेतावनी दिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी