सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

  • बुधबार, फाल्गुन १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, १४ फागुन । सुडानको खार्तुममा सैन्य यातायातको विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ । खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएअनुसार मंगलबारका घटनामा १० जना घाइते भएका छन् ।

सेनासमबद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठुलो सैन्य केन्द्र वादी सेडना एयर बेस नजिकै मंगलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो । सन् २०२३ अप्रिलदेखि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेजसँग युद्धरत रहेको सेनाले उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र त्यस क्षेत्रमा थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको बताएका छन् । सेनासमर्थित स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै आकस्मिक सेवाका कर्मचारीले बालबालिकासहित घाइते सर्वसाधारणलाई नजिकैको अस्पतालमा पु¥याएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी