काठमाडौं । भारतको दिल्लीमा भाजपाकी सांसद रेखा गुप्ता नयाँ मुख्यमन्त्री बन्ने भएकी छिन्। उनले बिहीबार नयाँ मुख्यमन्त्रीको शपथ लिन लागेकी हुन् । उनीसँगै ६ जना मन्त्रीले शपथ लिनेछन् । मुख्यमन्त्रीको दौडमा सबैभन्दा अगाडि रहेका प्रवेश बर्मा उपमुख्यमन्त्री बन्ने भएका छन् ।
भारतीय जनता पार्टीले बुधबार गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । हालै भएको विधान सभा निर्वाचनमा दिल्लीमा भाजपा विजयी भएको थियो। उसले ७० मध्ये ४८ सिटमा विजय प्राप्त गरेको थियो। तर, भाजपाबाट कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगिएको थिएन।
पहिलोपटक विधान सभा सदस्यमा निर्वाचित भएकी गुप्ताले मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन्। दिल्लीमा १७ वर्षपछि भाजपा सत्तामा फर्कन लागेको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline